१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

भारतीय दुतावास अगाडि संयुक्त विद्यार्थी संगठनको प्रदर्शन, सरकारले कूटनीतिक पहल गर्न नसकेकाे आरोप

संयुक्त विद्यार्थी संगठनले लिपुलेकलाई व्यापारिक नाका बनाएर अतिक्रमण गर्ने भारतीय र चिनियाँ हस्तक्षेपकारी षड्यन्त्रका विरुद्ध विरोध प्रदर्शन गरेको छ ।


शनिबार लौनचौरस्थित भारतीय दुतावास अगाडि संगठनले नेपाली भूमिमाथिको हस्तक्षेप बन्द गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।  विरोध प्रदर्शनमा अखिल क्रान्तिकारीका अध्यक्ष वीरेन्द्र शाहले सधैँ कूटनीतिक पहल गर्ने भनेर सरकारले कुरा गरे पनि त्यो खालको पहलकदमी नगरेको आरोप लगाए ।



सरकार यसमा गम्भीर बन्नुका साथै छलफलको विषय बनाउनुपर्ने उनको भनाइ छ । लिपुलेकको सन्दर्भमा पटक–पटक विदेश सचिवस्तरीय समिति बनेता पनि अन्तिममा यो विषयमा भारत बाहिरिएको बताउँछन् ।

उनले भने,‘हाम्रो सरकारले कूटनीतिक पहल गर्ने कुरा त छँदैछ । तर सधैँ कूटनीतिक पहल भनेर बस्ने तर पहलकदमी चाहिँ गर्दैनन् । पहिलो कुरा त सरकार यसमा गम्भीर बन्नुपर्छ र छलफलको विषय बनाउनुपर्छ । भारतले यो विषयमा छलफल नै गर्न चाहेको छैन । लिपुलेकको सन्दर्भमा पटक पटक विदेश सचिवस्तरीय समिति पनि बनेका छन् । तर अन्तिममा यो विषयमा भारत बाहिरिएको छ ।’



त्यस्तै उनले भारतले नेपालसँग छलफल मात्रै गर्ने हो भने पनि नेपालसँग प्रशस्त प्रमाणहरू रहेको बताए । यो मुद्दालाई नेपाल र भारत बीचको विषयभन्दा पनि अन्तर्राष्ट्रियकरण गरी अन्तर्राष्ट्रिय अदालतसम्म गएर सिमानाको लागि लड्नुपर्ने उनको भनाइ छ ।

प्रदर्शनमा सहभागीहरूले राष्ट्रिय स्वाधीनताको रक्षा गर, लिपुलेक हाम्रो हो, नेपाली भूमिमाथिको हस्तक्षेपको बन्द गर, भारतीय सेना कालापानी, छोड, छोड, छोड कालापानी छोड, नेपाली भूमि अतिक्रमण गर्ने निर्णय अविलम्ब खारेज गर लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

 



  • प्रकाशित मिति : ७ भदौ, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया