१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

वीरगन्जमा हैजाको संक्रमण फैलियो, ३० भन्दा बढी बिरामी, तीनकाे मृत्यु

पर्साको वीरगन्जमा हैजाको संक्रमण देखिएपछि मधेश प्रदेश सरकारले उपचार तथा संक्रमण नियन्त्रणका लागि हरसम्भव उपाय अवलम्बन गर्ने तयारी गरेको छ । यसका लागि स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालयहरूलाई सक्रिय बनाइएको छ ।


कार्यवाहक मुख्यमन्त्री सरोजकुमार यादवले संक्रमण देखिएको क्षेत्रमा तत्काल आवश्यक उपचार सेवा उपलब्ध गराउने र थप फैलिन नदिने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आवश्यक निर्देशन दिएका छन् । यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय शत्रुधनप्रसाद सिंहले पनि प्रभावित क्षेत्रमा खटिन स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिए ।



उपचार सेवा थप प्रभावकारी बनाउन आवश्यक समन्वयका लागि मन्त्रालयका महाशाखा प्रमुख डा.विपिनकुमार झा र जनस्वास्थ्य अधिकृत सन्तोष कुमार ठाकुरलाई वीरगन्ज पठाइएको छ ।

शुक्रवार राति वीरगन्ज–१२ मुर्ली टोलमा हैजा संक्रमण देखिएकोमा शनिबारसम्म मध्यान्हसम्ममा वडा नम्बर ११, १३ र १६ मा हैजा फैलिएको छ । ३० भन्दा बढी बिरामी र झाडापखालाले तीन जनाको मृत्यु भएपछि वीरगन्ज महानगरमा हैजाले जनजीवन त्रसित बनाएको छ ।
 





  • प्रकाशित मिति : ७ भदौ, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया