१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

हैजा प्रभावित क्षेत्रमा खानेपानी परीक्षण टोली परिचालन

पर्साको वीरगञ्जका हैजा प्रभावित क्षेत्रमा खानेपानी परीक्षणका लागि टोली परिचालन गरिएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागबाट आवश्यक सामग्रीसहित मोबाइल भ्यान टोली खटाइएको विभागका महानिर्देशक रामकुमार श्रेष्ठले जानकारी दिए ।


उनले भने, ‘खानेपानी मन्त्रीज्यूको निर्देशनपश्चात् विभागबाट आवश्यक सामग्रीसहित प्राविधिक टोली प्रभावित क्षेत्रमा पठाएका छौँ । टोलीले पानी परीक्षण र जनचेतनामूलक कार्य सुरु गरिसकेको छ।’ वीरगञ्जमा शुक्रबार तीन जनामा हैजाको संक्रमण पुष्टि भएको थियो ।



हैजा नियन्त्रणका लागि सरकार संवेदनशील छ

यसैगरी खानेपानीमन्त्री प्रदीप यादव पनि हैजा प्रभावित क्षेत्रमा पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ । त्यस क्रममा उनले हैजा नियन्त्रणका लागि सरकार संवेदनशील रहेको बताएका छन् ।



वीरगञ्जका विभिन्न अस्पतालमा पुगेपछि मन्त्री यादवले भने, ‘हामी हैजा नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालय, स्थानीय तह तथा अन्य सम्बन्धित निकायहरूसँग समन्वय गरेर काम गरिरहेका छौँ । सरकार यस विषयमा निकै गम्भीर छ ।’

मन्त्री यादवले हैजा प्रभावित क्षेत्रमा शुद्ध खानेपानीको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विशेष पहल गरिरहेको जानकारी दिए । उनले वीरगञ्ज महानगरपालिकाको हैजा प्रभावित क्षेत्रहरूको स्थलगत अनुगमन तथा निरीक्षणसँगै त्यहाँको नारायणी अस्पताल, तराई हस्पिटल, वीरगञ्ज हेल्थ केयरलगायत अस्पतालमा उपचाररत संक्रमित बिरामीहरूको अवस्थाबारे जानकारी लिएका थिए ।



  • प्रकाशित मिति : ७ भदौ, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया