१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

रुस र अमेरिकाबीच ‘एलएनजी’ परियोजनामा सम्भावित सहकार्य खोजिँदै

रुस र संयुक्त राज्य अमेरिकाबीच तरल प्राकृतिक ग्यास (एलएनजी) परियोजनामा सम्भावित सहकार्यबारे छलफल भइरहेको राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार बताएका छन् । यो सहकार्य रुसको आर्कटिक क्षेत्र मात्र नभई अमेरिकाको अलास्कासम्म फैलिन सक्ने उनले जनाएका छन्  ।


निज्नी नोभगोरोड क्षेत्रको सारोभ सहरमा आणविक क्षेत्रका प्राविधिक तथा वैज्ञानिकहरूसँगको भेटमा बोल्दै पुटिनले ‘नोभाटेक’ जस्ता प्रमुख एलएनजी उत्पादक कम्पनीहरू लगायत थुप्रै रुसी कम्पनीहरूले युरोप र एसियाका साझेदारहरूसँग पहिल्यै सहकार्य गरिरहेका बताएका हुन् ।



‘हामी अमेरिकी साझेदारहरूसँग पनि यस क्षेत्रमा सहकार्यको सम्भावनामा छलफल गर्दैछौँ, जुन केवल हाम्रो आर्कटिक क्षेत्रमै सीमित छैन, अलास्कामा पनि हुन सक्छ,’ पुटिनले टास समाचार एजेन्सीलाई उद्धृत गर्दै भनेका छन् । पुटिनका अनुसार, रुससँग रहेको विशेष तरल प्राकृतिक ग्यास प्रविधिले अमेरिकी साझेदारहरूको समेत ध्यान खिचेको छ ।





  • प्रकाशित मिति : ७ भदौ, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया