चलचित्र कलाकार संघको अध्यक्षमा रवीन्द्र खड्का

काठमाडौं– चलचित्र कलाकार संघको १७ औं साधरणसभाबाट अध्यक्षमा अभिनेता रवीन्द्र खड्का निर्वाचित भएका छन् । उनले अध्यक्षका अर्की प्रत्यासी सरिता लामिछानेलाई ५७ मतले पछाडि छाडेका हुन् । 

निर्वाचनमा ३८७ मत खसेको थियो । खड्काले २१८ मत पाए । 

त्यस्तै उपाध्यक्षमा रेजिना उप्रेती र सानुकुमार ताम्राकार  विजयी भएका छन् । उनीहरुले मनोज केसी र विनोद भट्टराईलाई पछाडि छाडेका हुन् । 

संघको महासचिवमा चेतबहादुर सिंह राजा, सचिवमा पनाह अधिकारी, कोषाध्यक्षमा सुनिल कटुवाल, सह कोषाध्यक्षमा पवित्रा आचार्य निर्वाचित भएका छन् । सदस्यमा शितल केसी, जयकिशन बस्नेत, गोपाल नेपाल, शारदा नेपाल, उद्धव भट्टराई, जीवन थापा, धर्मानन्द आचार्य, धनराज केसी, रोहित रुम्बा र पवनप्रसाद खतिवडा विजयी भएका छन् ।





  • प्रकाशित मिति : जेठ २६, २०७६ आइतबार १४:४०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया