हावाहुरीबाट मृत्यु भएका परिवारलाई सरकारले डेढ लाख दिने

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले बिहिबार गएको हावाहुरीमा मृत्यु भएका दुई जनाको परिवारलाई डेढ लाख दिने निर्णय गरेको छ । 

आइतबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता कानुनमन्त्री प्रकाश शाहका अनुसार हावाहुरीका कारण क्षति पुगेका परिवारलाई २० हजार र आशिंक क्षति भएका परिवारलाई १० हजार पनि दिने निर्णय भएको छ ।

बिहिबार राती ठूलो हावाहुरीका आउँदा कैलाली र कन्चनपुरमा दुई जनाको मृत्यु भएको थियो । एक सय जना घाइते भएका थिए । सयभन्दा धेरै घरमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको थियो ।





  • प्रकाशित मिति : जेठ २६, २०७६ आइतबार १४:४८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया