२६ कात्तिक, २०८२ बुधबार
Nov. 12, 2025

जेलमा रहेका पूर्वनेतालाई श्रीलंकाका पूर्वराष्ट्रपतिहरूको समर्थन
पूर्वराष्ट्रपति तथा पूर्वनेता रनिल विक्रमासिङ्घे

श्रीलङ्काका तीन पूर्वराष्ट्रपतिले आइतबार जेलमा रहेका पूर्वराष्ट्रपति तथा पूर्वनेता रनिल विक्रमासिङ्घेसँग एकता प्रकट गरेका छन् । उनीहरूले विक्रमासिङ्घेको कारावासलाई लोकतन्त्रविरुद्धको ‘सुनियोजित आक्रमण’ भन्दै निन्दा गरेका हुन् । 


सन् २०२२ जुलाईदेखि सन् २०२४ सेप्टेम्बरसम्म राष्ट्रपति रहेका विक्रमासिङ्घेविरुद्धका आरोपहरू निरर्थक भएको पूर्व राजनीतिक प्रतिद्वन्द्वीले बताए ।



सन् २०२३ सेप्टेम्बरमा हवाना भएको जी–७७ शिखर सम्मेलन र न्युयोर्कमा भएको संयुक्त राष्ट्रसङ्घीय महासभापछि घर फर्कने क्रममा बेलायतमा रोकिएको बेला ५५ हजार डलर खर्च गरेको आरोप उनीमाथि लगाइएको छ ।

७६ वर्षीय विक्रमासिङ्घेलाई हिरासतमा लिएको भोलिपल्ट शनिबार कोलम्बोको मुख्य सरकारी अस्पतालको सघन उपचार कक्षमा सारिएको थियो । चिकित्सकका अनुसार उनी गम्भीर डिहाइड्रेसनका साथै तीव्र मधुमेह र उच्च रक्तचापबाट पीडित छन् ।



८० वर्षीया कुमारातुङ्गाले विक्रमसिङ्घेलाई जेलमा हाल्नु केवल एक व्यक्तिको भाग्यसँग सीमित नभई सम्पूर्ण नागरिक अधिकारमाथि प्रहार भएको बताए । 

कुमारातुङ्गाका उत्तराधिकारी ७९ वर्षीय महिन्दा राजापाक्षले पनि विक्रमसिङ्घेसँग ऐक्यबद्धता जनाएका छन् । उनले कुमारातुङ्गालाई सघन उपचार कक्षमा सारिनुअघि शनिबार जेलमै भेटेका थिए ।  

गत सेप्टेम्बरमा उनले अनुराकुमार दिसानायकेसँग राष्ट्रपति चुनाव हारेका थिए ।  



  • प्रकाशित मिति : ८ भदौ, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया