हलिउडका दिग्गज अभिनेता जेरी एडलर ९६ वर्षको उमेरमा निधन भएको छ ।
उनका नजिकका साथी फ्र्याङ्क जे रिइलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘महान अभिनेता, मेरा साथी जेरी एडलरको निधन भयो । उहाँलाई उहाँको प्रतिष्ठित भूमिका र कैयौँ अतिथि भूमिकाबाट चिन्नुहुन्छ ।’
‘द सोप्रानोज’ र ‘द गुड वाइफ’ जस्ता चर्चित टिभी शृङ्खलाबाट चिनिएका एडलरले लामो समय पर्दा पछाडि र अगाडि दुवै भूमिकामा सक्रिय रहँदै आफ्नो दमदार अभिनयले दर्शकको मनमा विशेष स्थान बनाएका थिए ।
एडलरको अभिनय यात्रा असाधारण रह्यो । उनले ६० वर्षको उमेरमा करियर सुरु गरेभन्दा अघि करिब ३० वर्ष थिएटरमा पर्दापछाडिको काम गरेका थिए । उनी कुशल स्टेज म्यानेजर र निर्देशकका रूपमा पनि परिचित थिए ।
उनले ‘माय फेयर लेडी’ जस्ता ब्रोडवे शोमा काम गरिसकेका थिए ।
टीभीमा उनको हर्मन ‘हेश’ र्याबकिन (‘द सोप्रानोज’), वकिल होवार्ड लाइम्यान (‘द गुड वाइफ’/‘द गुड फाइट’) र सिड्नी फिनबर्ग (‘रेस्क्यु मी’) जस्ता भूमिका अविस्मरणीय बने ।
यसबाहेक ‘नर्दन एक्सपोजर’, ‘म्याड अबाउट यु’ र अमेजन शो ‘ट्रान्सपरेन्ट’मा पनि एडलर चर्चित रहे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।