नेहा कक्करलाई नेपाल ल्याउने इभेन्ट सञ्चालक पक्राउ

काठमाडौं– भारतीय गायिका नेहा कक्कर सहभागी कार्यक्रमका लागि ठमेलस्थित लर्ड अफ डिस्को नामक नाइट क्लबमा क्षमताभन्दा बढी टिकट बेचेको आरोपमा पारामाउन्ट इभेन्ट प्रा.लिका सञ्चालक दीपक घिमिरे पक्राउ परेका छन् ।

क्लबको क्षमताभन्दा दोब्बर टिकट बिक्री गरी र स्थानीय प्रहरीसँग समन्यय नगरेकाले उनलाई पक्राउ गरिएको महानगरीय परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।  

 उनले भने–‘बढी लिएको रकम फिर्ता गर्नुपर्ने अवस्था छ । उहाँले क्षमता भन्दा बढी बेचेको टिकट फिर्ता नगरे ठगी ऐन अन्तर्गत कारवाही प्रक्रिया अघि बढाइने छ ।’

उक्त कार्यक्रमा प्रतिव्यक्ति टिकटबापत ५ हजार रुपैयाँ उठाइएको थियो । २ हजार क्षमताको डिस्कोमा हुने कार्यक्रमका लागि दोब्बरभन्दा बढी टिकट विक्री गरिएको बोगटीले जानकारी दिए । 





  • प्रकाशित मिति : जेठ २६, २०७६ आइतबार १६:२१:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया