२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

चीन-रुस सम्बन्ध विश्व शक्तिहरूमध्ये सबैभन्दा स्थिर : राष्ट्रपति सी

राष्ट्रपति सी जिनपिङले मङ्गलबार चीन–रुस सम्बन्धलाई प्रमुख विश्व शक्तिहरूमध्ये ‘सबैभन्दा स्थिर, परिपक्व र रणनीतिकरूपमा महत्त्वपूर्ण’ भन्दै प्रशंसा गरेका छन् ।


रुसको ड्युमा (संसदको तल्लो सदन) का अध्यक्ष भाचेस्लाभ भोलोडिनसँगको भेटमा उनले चीन–रुस सम्बन्धलाई ‘विश्व शान्तिको स्थिर स्रोत’ को रूपमा वर्णन गरेको चिनियाँ राज्य सञ्चारमाध्यम सिसिटिभीले जनाएको छ ।



 ’दुवै पक्षले. दुवै देशको सुरक्षा र विकास हितको रक्षा गर्न, ग्लोबल साउथलाई एकताबद्ध गर्न, साँचो बहुपक्षवादलाई कायम राख्न र अन्तर्राष्ट्रिय व्यवस्थामा निष्पक्षता तथा न्याय प्रवद्र्धन गर्न मिलेर काम गर्नुपर्छ‘, सीले बेइजिङको भव्य ग्रेट हल अफ द पिपुलमा आयोजित भेटमा भनेका छन् ।

सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि बेइजिङ र मस्कोबीचको सम्बन्ध अझ गहिरो बन्दै गएको छ । चीनले युद्धको निन्दा नगरेको र मस्कोलाई सेना फिर्ता लिन पनि आह्वान नगरेको स्पष्ट छ । 



युक्रेनका सहयोगी राष्ट्रहरूलाई चीनले आफ्नो विशाल उत्तरी छिमेकीलाई समर्थन गरिरहेको विश्वास छ । तर चीनले भने आफू तटस्थ रहेको दाबी गर्दै आएको छ र युद्ध अन्त्यका लागि नियमित आह्वान गर्दै पश्चिमी मुलुकहरूले युक्रेनलाई हतियार आपूर्ति गरेर द्वन्द्व लम्ब्याएको आरोप लगाइरहेको छ ।

यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसै सप्ताहन्तमा चीन भ्रमण गर्ने तय भएको छ । उनले अगस्ट ३१ देखि सेप्टेम्बर १ सम्म उत्तरी सहर तियानजिनमा हुने साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिनेछन् । साथै दोस्रो विश्वयुद्धको अन्त्यको ८०औँ वार्षिकोत्सव कार्यक्रममा पनि उनको उपस्थित हुनेछ।

पुटिनले यस अवसरमा राष्ट्रपति सीसँग पनि वार्ता गर्नुहुनेछ । उनिहरूबीच पहिले नै गहिरो व्यक्तिगत सम्बन्ध रहेको बताइन्छ । यसै महिना सीले फोनमार्फत पुटिनलाई मस्को–वासिङ्टन सम्बन्धमा देखिएको सुधारप्रति चीन खुसी भएको बताएका छन् ।

पुटिनले यसै महिना अलास्कामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले उच्चस्तरीय वार्ता गरेका थिए । तर त्यसपछिका दिनमा शान्ति वार्तामा खास प्रगति भएको देखिएको छैन ।



  • प्रकाशित मिति : १० भदौ, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया