अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीको जादुमयी प्रदर्शनमा इन्टर मियामी लिग कपको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार बिहान दक्षिण फ्लोरिडामा भएको खेलमा इन्टरले १० खेलाडीमा सीमित अर्लान्डो सिटीलाई ३–१ ले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
पहिलो हाफको अतिरिक्त समयमा गोलको सामना गरे पनि मियामीले उत्कृष्ट पुनरागमन गर्यो । उसको सानदार कमब्याकमा कप्तान मेस्सी ‘नायक’ साबित भए ।

घाइते भएर अघिल्लो खेलमा विश्राम लिएका उनी सेमिफाइनलमा भने पहिलो रोजाइमै मैदान उत्रिए । र, मेस्सीले निर्णायक प्रदर्शन गरे । ७७औँ मिनेटमा उनले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।
त्यसपछि ८८औँ मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै मियामीलाई २–१ को अग्रता दिलाए । खेलको अन्तिमतिर लुइस स्वारेजको पासमा टलास्को सेगोभियाले गोल गरेपछि मियामी ३–१ को जितका साथ उपाधि नजिक पुगेको छ ।
यस खेलमा मेस्सी ‘प्लेयर अफ द म्याच’ घोषित भए । अब उनी नेतृत्वको मियामीले उपाधिका लागि सिएटल साउन्डर्स एफसीको सामना गर्नेछ । फाइनल खेलको मिति तय हुन बाँकी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।