२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

भारतको चेतावनीपछि पाकिस्तानले नदी किनाराका डेढ लाख मानिसलाई सार्‍यो

भारतको बाँधबाट अतिरिक्त पानी छोडेको चेतावनी पाएपछि पाकिस्तानी अधिकारीले पञ्जाब प्रान्तका तीनवटा प्रमुख नदीका छेउछाउका क्षेत्रबाट १ लाख ५० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण हुन सूचना जारी गरेको छ ।


भारी वर्षा र बाढीले पानीको सतहले खतराको सीमा पार गरेपछि भारतीय पक्षबाट पानी छोड्दा पन्जाबको ठूलो भाग डुबानमा पर्ने खतरा रहेको पाकिस्तानी अधिकारीले बताएका छन् ।



पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ताले भारतको पछिल्लो चेतावनी अघि नै निकासी सुरु भएको तथा अझै जारी रहेको जनाएका छन् । उनका अनुसार यो अभियानमा लगभग ३५ हजार मानिस चेतावनी पछि स्वेच्छाले सुरक्षितस्थलतर्फ भागेका छन् ।

पन्जाब र काश्मिरमा आगामी दिनमा पुनः भारी वर्षाको चेतावनीको बीचमा रावी, सतलज र चेनाब नदिले ठूलो बाढीको सामना गरिरहेको जनाइएको छ । 





  • प्रकाशित मिति : १२ भदौ, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया