स्मिथलाई जिस्काइरहेका भारतीयलाई क्रिजबाटै विराटको सङ्‌केत, विश्वभर प्रशंसा

एजेन्सी– भारत र अष्ट्रेलियाबीच आइतबार इंग्ल्यान्डमा भएको जारी विश्वकपको खेलमा विराट कोहलीको विशेष प्रशंसा भएको छ । 

तर, यो प्रशंसा उनले ८२ रन बनाएकाले भएको होइन । भारतले जितेको खेलमा उनले गरेको कप्तानीका कारण पनि होइन । 

यो प्रशंसा त उनको खेल भावनाका कारण भएको हो । 

खासमा भएको के थियो भने, भारतले ब्याटिङ गर्दा विराट क्रिजमा थिए । फिल्डिङ गरिरहेका थिए, अष्ट्रेलियाका खेलाडी । मैदानको बाउन्ड्रीमा फिल्डिङ गरिरहेका थिए, अष्ट्रेलियाका स्टिभ स्मिथ ।

उनको छेवैमा रहेका भारतीय दर्शकहरु चाहिँ ठूलोठूलो स्वरमा स्मिथलाई जिस्काइरहेका थिए । 

विराटले यो देखेपछि उनी क्रिजबाट केही पर निस्किए र संकेत गरे । 



अन्टर्राष्ट्रिय क्रिकेट काउन्सिलले पनि यो भिडियो सेयर गर्दै विराटको प्रशंसा गरेको छ । 

त्यति मात्र होइन, केहीपछि जब स्मिथ र विराट एकअर्काका सामुन्ने भएका थिए, स्मिथले विराटलाई हाँस्दै धाप पनि मारेका थिए । उनले विराटलाई धन्यवाद भनेका थिए ।



भारतीय मिडियाहरुले चाहिँ भारतीय दर्शकले स्मिथलाई ‘चिटर’ भनेर जिस्काएको दाबी गरेका छन् । 

गत वर्ष दक्षिण अफ्रिकासँगको खेलमा बल ट्याम्परिङ गरेको आरोप स्वीकार गरेपछि स्मिथलाई अष्ट्रेलियाले कप्तानबाट हटाएको थियो । उनी केही पहिले मात्र अष्ट्रेलियाको क्रिकेट टिममा फर्किएका हुन् ।

यहीबारे आइसिसीले ट्विट पनि गरेकाे छ:

  • प्रकाशित मिति : जेठ २७, २०७६ साेमबार १:३८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया