२३ फागुन, २०८२ शनिबार
March 7, 2026

नेपालमा यातायातको विकल्प बन्ला ‘फ्लाइङ ट्याक्सी’ ?

अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को आयोजनामा भएको ‘नाडा अटो शो २०२५’ मा प्रदर्शनमा राखिएको फ्लाइङ ट्याक्सी नउडाएर फिर्ता पठाइएको छ ।

नाडा कार्यसमिति सदस्य मेघराज पौडेलका अनुसार फ्लाइङ ट्याक्सी चीनबाट प्रदर्शन मात्र गर्नको लागि धरौटीमा ल्याइएको थियो, जुन प्रदर्शनपछि फिर्ता पठाइसकिएको छ ।



यसलाई उडाउन छुट्टै कानुन आवश्यक पर्ने तर नेपालमा फ्लाइङ ट्याक्सीको कुनै कानुन र नीति नभएको कारण उडाउन सम्भव नभएको उनले बताए । यही भदौ ३ देखि ८ गतेसम्म चलेको शोमा नेपालमा पहिलोपटक यस्तो नविनतम प्रविधि भित्रिएकाले पनि फ्लाइङ ट्याक्सी हेर्नेको भीड थियो ।

फ्लाइङ ट्याक्सी शोको प्रतिनिधित्व र हेरचाह गरिरहेकी लक्ष्मी घिमिरेका अनुसार फ्लाइङ ट्याक्सी चीनको अटो निर्माता चांगान अटोमोबाइल र विश्वप्रसिद्ध एरियल भेहिकल कम्पनी इह्याङको संयुक्त प्रयासमा बनेको हो, जसले एक पटक चार्ज गरेपछि ५० किलोमिटरको रेन्ज दिन्छ । उनका अनुसार पूर्णरूपमा विद्युतीय प्रविधिमा आधारित ‘फ्लाइङ ट्याक्सी’मा दुई जनासम्म बस्न सक्ने क्षमता भएको छ ।  



ड्रोन हबका प्रबन्ध निर्देशक प्रविन भट्टराईका अनुसार नेपालमा ‘फ्लाइङ ट्याक्सी’ यातायातको विकल्प बन्ने सक्ने सम्भावना उच्च छ । ‘फ्लाइङ ट्याक्सी’ ले यातायातको एकदमै राम्रो विकल्प पर्यटन प्रवर्द्धनको लागि सहयोग पुर्याउने मात्र नभइ फ्लाइङ एम्बुलेन्सको समेत काम गर्न सक्ने उनको भनाइ छ ।

निर्देशक भट्टराईका अनुसार फ्लाइङ ट्याक्सी सञ्चालन गर्न अन्तर्राष्ट्रियरूपमा नै स्वीकृति पाउनुपर्छ । अनि मात्र नेपालले यस सम्बन्धी नीति निर्माण गर्न सक्छ ।  



  • प्रकाशित मिति : १३ भदौ, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया