एनआईसी एशिया बैंकका ग्राहकलाई कैलालीको सिपि हस्पिटलमा स्वास्थ्य उपचार सेवामा विशेष छुट दिईने भएको छ । ग्राहकलाई सेवा उपलव्ध गराउनका लागि सिपी हस्पिटल प्रा.लि. र बैंकबीच सम्झौता भएको छ ।
ग्राहकहरुले कैलालीमा रहेको सिपी हस्पिटलले उपलब्ध गराउने विभिन्न स्वास्थ्य उपचार सेवाहरुमा २० प्रतिशतसम्म छुट सुविधा दिने भएको हो । अस्पतालमा ओपीडी, प्याथोलोजि, एक्स–रे, सामान्य बेड, एसि क्याविन, आईसीयू बेड, एचडियु बेड, सर्जरी, मेडिसिन, सिटि स्क्यान, भिडियो एक्स–रे मेडिसिन जस्ता सेवाहरूमा ग्राहकलाई छुट सुविधा दिईने बैंकले जनाएको छ ।
सुविधाको उपभोग गर्ने ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वाप्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ । हस्पिटल सँगको सहकार्यले ग्राहकहरूलाई स्वास्थ्य उपचारमा विशेष सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।