१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

शिक्षक महासंघको धर्ना कार्यक्रम तीव्र, स्थायित्व र सेवा सुरक्षाको माग

शिक्षक महासंघले नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा धर्ना दिएका छन् । सरकारले आफूहरूसँग गरेको सहमति पूर्णरूपमा सम्बोधन नगरेको भन्दै महासंघले माओवादीको पार्टी कार्यालयमा धर्ना दिएको हो ।


बुधबार नेपाली कांग्रेस र बिहीबार नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना दिएको महासंघ आज माओवादी केन्द्रको पार्टी कार्यालयमा धर्ना दिन पुगेको हो । ९ भदौमा प्रधानमन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाएर आन्दोलन सुरु गरेको महासंघले अहिले पहिलो चरणको आन्दोलन अन्तर्गत प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका पार्टी कार्यालयमा धर्ना दिइरहेको छ ।



अस्थायी शिक्षकको स्थायित्व, सेवा सुरक्षासम्बन्धी व्यवस्था, विभागीय कारबाहीको मापदण्ड, शिक्षण परिषद् र शिक्षक ट्रेड युनियन अधिकारजस्ता विषय विधेयकमा नसमेटिएको जनाउँदै महासंघले विरोध जनाइरहेको छ ।

यस्तै, शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरण गर्ने व्यवस्था, प्रधानाध्यापकको ट्रेड युनियन अधिकार कटौती, पुनर्बहाली शिक्षकको सेवा गणनालगायत विषयमा पनि आपत्ति जनाउँदै आएको छ ।



महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले पहिलो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत आज माओवादीको पार्टी कार्यालयमा धर्ना दिएको जानकारी दिए । उनले सरकारले आफूहरूसँग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेकाले दबाव दिनका लागि राजनीतिक दलका कार्यालयमा धर्ना दिएको बताए ।

आफूहरूका माग पूरा नभए २१ गतेदेखि कडा आन्दोलनमा उत्रिने चेतावनी दिए । 



  • प्रकाशित मिति : १३ भदौ, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया