नेहा कक्कडको ठमेल कन्सर्ट: दर्शक ठग्ने आयोजक प्रहरी हिरासतमा

काठमाडौं– भारतीय गायिका नेहा कक्कडको सांगीतिक कार्यक्रममा भएको विवाद सम्बन्धमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । गएराति ठमेलस्थित एलओडी क्लबमा भएको कार्यक्रममा आयोजक पारामाउन्ट इन्टरटेन्मेन्ट प्रालिले क्लबको क्षमताभन्दा बढी टिकट बिक्री गरेपछि विवाद उत्पन्न भएको हो । 

आयोजकले टिकटमा बदमासी गरिदिँदा नेहाको प्रस्तुति हेर्न गएका सयौँ दर्शक क्लबबाहिरै बस्नुपरेको थियो । आक्रोशित दर्शकले आफूहरु ठगीमा परेको भन्दै प्रहरी गुहारेका थिए । टिकट काटेर दर्शक अलपत्र पारेको पुष्टि भएपछि काठमाडौं प्रहरी परिसर टेकुको टोलीले आयोजक संस्थाका दीपक घिमिरे, रविन श्रेष्ठ र अर्का एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार, पीडितहरुले टिकटको रकम फिर्ता पाउनुपर्ने माग गरेका छन् । प्रहरीले टिकट रकम फिर्ता गराउने पहलस्वरुप छलफल गरिरहेको छ । छलफलबाट निकाश ननिस्किए पक्राउ परेका आयोजकमाथि मुलुकी अपराध संहिताको ठगी कसुरअन्तर्गत कारबाही चलाउने प्रहरीको तयारी छ । 





  • प्रकाशित मिति : जेठ २७, २०७६ साेमबार ३:५५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया