रंगशालाको बार भत्काउने मुख्य आराेपी कँडेलसहित ४ जना रिहा

चितवन– धुर्मुस सुन्तली फाउन्डेशनले निर्माण जिम्मा लिएकाे गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काएको अभियोगमा पक्राउ परेका प्रकाश कँडेलसहितका थप चार जना आइतबार रिहा भएका छन् ।

बार भत्काउने मुख्य आरोपी मानिएका कँडेलसहित, भैरव बास्ताकोटी, सुरेन्द्र बिक र धुव्र चापागाईंलाई जिल्ला प्रहरी कार्यालय चितवनले आइतबार रिहा गरेको हो।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, प्रदेश सभाका सांसद विजय सुवेदी, चितवनका प्रहरी प्रमुख दानबहादुर मल्ल लगायतको उपस्थितिमा उनीहरुलाई रिहा गरिएको हो । उनीहरुलाई १२ दिनसम्मकाे हाजिरी जमानीमा छाडिएकाे छ । 

पक्राउ परेका चारै जनाले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै क्षमायाचना गरेका छन् । उनीहरुले भत्काएको पश्चिमतर्फको बारलाई तत्काल यथास्थानमा पुर्ननिर्माण गरी रंंगशालालाई हस्तान्तरण गर्ने विज्ञप्तीमा उल्लेख गरेका छन् ।

जेठ १५ गते नेकपाका स्थानीय नेता प्रकाश कँडेलको नेतृत्वमा गएको टोलीले रंगाशालाको पश्चिमतर्फको करिब १ किलाेमिटर क्षेत्रकाे बारमा डोजर लगाएर भत्काइदिएको थियो।





  • प्रकाशित मिति : जेठ २७, २०७६ साेमबार ७:४१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया