७ अक्टोबर २०२३, हमासले बिलकुलै नौलो रणनीति प्रयोग गरेर इजरायलमाथि आतङ्ककारी आक्रमण गरेको दिन । तर, त्यसको बदलामा इजरायलले नवीनतम् तरिकाले हमास, हिजबुल्लाह र इरानमा आक्रमण गरेर संसारलाई नै चकित बनाइदिएको छ । इजरायल अहिले पनि नयाँ–नयाँ युद्ध नमुनाको प्रयोग गर्दै प्यालेष्टिनीलाई लगभग जमिनभित्र नै गाडिने अवस्थामा पुर्याउन लागेको छ ।
हमास, प्यालेष्टिनी जनतालाई ‘के गरूँ, के नगरूँ’ को अवस्थामा पुर्याइदिइसकेको छ भने अन्तर्राष्ट्रिय समुदायलाई ‘मुक र अवाक दर्शक’ बनाई बाहिरी दिर्घामा रोकिदिएको छ । हमासले ७ अक्टोबर २०२३ मा करिब १२ सय इजरायली जनता मारेको र २ सय ५१ जना विभिन्न राष्ट्रियतासहितका व्यक्तिहरूलाई बन्दी बनाएको थियो, जसमध्ये १४८ जना जिवितै फिर्ता पठाइएका हुन् भने ५८ जनाको मृत शरीर विभिन्न अवस्थामा भेटिएका र पठाइएका थिए ।
अहिले पनि ५० जना जति बन्दी रहेको भनिए पनि अनुमानित २४ जना मात्र जीवित रहेको अनुमान गरिएको छ, जसमा एक मात्र नेपाली विपिन जोशी पनि रहेका हुन सक्छन् । जे जस्तो विरोधाभास वा षड्यन्त्रका सिद्धान्तलाई जोडेर वा घुसाएर अनुमान लगाइ पनि ‘बन्दीहरूलाई छुटाउने’ इजरायलको सैनिक अपरेसन अब आएर पुरै गाजा र वेष्ट बैंक कब्जा गरी प्यालेष्टिनीलाई विस्थापित गर्ने वा पूरै तबरले अति नै कमजोर बनाउने अवस्थामा पुगिसकेको कसैबाट लुकेको छैन । यसका लागि इजरायली सरकारले योजनाबद्ध तरिकाले यस द्वन्द्वमा महिला र बालबालिकालाई निशाना बनाउने देखिन्छ ।
प्यालेस्टाइनको तथ्यांक हेर्ने हो भने सन् २०२३ मा २३ लाख जनसंख्या मृत्यु, विस्थापन र आप्रवासनका कारणले ६–१० प्रतिशत घटेर सन् २०२५ सम्म १८ लाख ५० हजार आसपास रहेको हुनसक्ने अनुमान गरिएको छ । युद्धपूर्व जनसंख्ख्या वृद्धिदर २.४ प्रतिशत रहेकोमा सन् २०२५ मा २.१६ प्रतिशतमा झरेको हुनसक्ने अनुमान छ । हालसम्म ६२ हजार मृतकहरूमध्ये २८ हजार महिला र १८ हजार बालबालिका मात्र रहेका छन् ।
आदिवासी यहुदी, परम्परावादी यहुदी र राजनीतिक यहुदी (जियोनिष्ट) बीचको चीरालाई टुक्राएर सामरिक स्वार्थ पूरा गरिँदैछ । यहुदीहरू पश्चिमा होइनन्, यिनीहरू अरबी नै हुन । यो चुरो कुरा अरबी समुदायले स्वीकार गर्नैपर्छ । धर्मको नाममा यहुदीलाई पश्चिमा हुन भन्ने भाष्य परिवर्तन नगरेसम्म यो समस्या कहिल्यै समाधान हुने छैन ।
त्यसैगरी, अर्को युद्ध नीति भनेको भोकलाई हतियारको रूपमा प्रयोग गरी अमानवीय तरिकाले दीर्घकालिन संकट खडा गराइदिनु हो । हाल अनुमानित एक लाख ३२ हजार बालबालिका पूर्ण कुपोषणको सिकार भएर मृत्युको सँघारमा छन् भने ५ लाख भन्दा बढी प्यालेष्टिनीहरू भोकमरीमा बाँचिरहेका छन् । शारीरिकरूपमा अङ्गभङ्ग भएका र मानसिक रूपले युद्धबाट विक्षिप्तको संख्या निकै कहाली लाग्दो छ । यहुदीहरूले पनि नाजी जर्मनीमा यस्तै किसिमको भोगाइ बेहोरेका थिए । सन १९४०–१९४५ सम्ममा ६० लाख यहुदीहरू मारिएका थिए । त्यतिबेला पनि ‘लो क्यालोरी’ विधि अपनाई कृत्रिम भोकमरी सृजना गरिएको थियो । परिणाम–लाखौं यहुदी मारिए ।
यसैगरी, प्यालेस्टिनी भन्ने आदिवासी जाति नै ‘जातीय नरसंहार’ हुने वा प्यालेष्टिनी क्षेत्रबाट पलायन हुने अत्यधिक सम्भावना बढेको छ । स्थानीयवासीको सहमतिबिना नै शक्तिको प्रभावमा पश्चिमी देशहरूले निर्णय र निर्देश गर्ने गरेको कारण पनि यी र यस्ता सम्भावना बढ्दै गएको देखिन्छ ।
‘निस्क्रिय रहनु पनि संलग्न हुनु हो’ भन्ने भनाइ मान्ने हो भने अन्तर्राष्ट्रिय समुदायको दृढ इच्छाशक्तिको कमीले गर्दा यो अवस्था अझै केही वर्ष थप हुने देखिन्छ । संयुक्त राष्ट्र संघलाई अमेरिका र त्यसका पक्षधरले पूर्णतः पंगु बनाइदिएका छन् । यसमा सामरिक स्वार्थहरू परस्पर जुध्दै आएका छन् । अरब र ईस्लामिक देशबीचको फाटोलाई अझ विस्तार गर्दै पश्चिमा देशहरूले आफ्नो स्वार्थ पूरा गरिरहेको देखिन्छ । इजरायल आफै पनि उपयोगको भाँडो भएको कसैबाट लुकेको छैन ।
आदिवासी यहुदी, परम्परावादी यहुदी र राजनीतिक यहुदी (जियोनिष्ट) बीचको चीरालाई टुक्राएर सामरिक स्वार्थ पूरा गरिँदैछ । यहुदीहरू पश्चिमा होइनन्, यिनीहरू अरबी नै हुन । यो चुरो कुरा अरबी समुदायले स्वीकार गर्नैपर्छ । धर्मको नाममा यहुदीलाई पश्चिमा हुन भन्ने भाष्य परिवर्तन नगरेसम्म यो समस्या कहिल्यै समाधान हुने छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।