'फष्ट नेपाल फाउण्डेशन' को औपचारिक घोषणा

काठमाडौँ– ‘फस्ट नेपाल फाउण्डेशन’ को एक औपचारिक कार्यक्रम गरी संस्थाको औपचारिक घोषणा गरिएको छ । संस्थाले मानवीय तथा समाजिक सेवाका कार्यहरू गर्नेछ । 

संस्थाले वैदेशिक रोजगारीका शिलशिलामा विदेशमा दुर्घटना परि अङ्गभङ्ग भई घाइते भएका नेपाली नागरिकहरूलाई उपचार तथा पुर्नस्थापना गराउने, विदेशमा अलपत्र परेका नेपालीहरूलाई आवस्यक सहयोग गर्ने, वैदेशीक रोजगारीमा जानेहरूलाई निःशुल्क अभिमुखीकरण तालिम सञ्चालन गर्ने र जनचेतनामुलक कार्यहरु गर्दै शिक्षा प्रदान गर्ने उद्देश्य राखेको छ । 

संस्थाको संस्थाका अध्यक्षमा प्रदिपराज वन्त छन् । वन्तले नेपालभर कोही वैदेशीक रोजगारिमा गएर घाइते भर्इ नेपालको कुनै स्थानमा भए आफ्नो संस्थालाई खबर गर्न आग्रह गरेका छन् । 

उक्त कार्यक्रममा सिभिल बैंकका डाइरेक्टर तथा सल्लाहाकार जयन्द्रलाल श्रेष्ठले नेपालीले सबैले मानव सेवाभन्दा छुट्टै उद्देश्य राखेर स्थापना गरिएको संस्थाको प्रगतीका कामना दिंदै आफूले भौतिक तथा आर्थिक सहयोग गर्ने बताए । 

सिजन मिडियाद्वारा आयोजना गरिएको विभिन्न सौन्दर्य प्रतियोगीतामा विजेता भएका मिसेस ब्युटीक्वीन नेपालकी विजेता शान्ति लिम्वु ,मिस इकलेज विजेता नितिका कर्मचार्य,यूनीता खत्री,मिस टिन कलेज विजेता आस्मा अधिकारी, आसीयाना अधिकारी,कलेज हेन्डसम नेपालका उपविजेता सुर्दशन श्रेष्ठ, जुनीयर स्कुल प्रिन्सेज विजेता गृष्मा योन्जन लगायत सहभागी थिए ।

उनीहरूले आगामी दिनमा यस फाउण्डेसनमा आबद्ध भई सहयोग गर्ने प्रतिबद्धता जनाए । 





  • प्रकाशित मिति : जेठ २७, २०७६ साेमबार १०:४३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया