२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

अफगानिस्तानमा भूकम्प : मृतकको संख्या ८१२ पुग्यो, २ हजार बढी घाइते

पूर्वी अफगानिस्तानमा गएको भूकम्पबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । हालसम्म कम्तीमा ८१२ जनाको मृत्यु भएको र २ हजार ८१७ जना घाइते भएको पुष्टि भएको छ ।


स्थानीय सरकारले भग्नावशेषबाट उद्धार गरिएका घाइतेहरूलाई हेलिकोप्टर स्थानान्तरण कार्यको समन्वय गरिरहेको छ । 



अफगान अन्तरिम सरकारले कुनार प्रान्त र छिमेकी क्षेत्रहरूमा ६.० म्याग्निच्युडको भूकम्पमा कम्तिमा ८१२ जनाको मृत्यु भएको र २,८१७ जना घाइते भएको पुष्टि गरेको छ ।

मृतकको संख्या प्रारम्भिक अनुमान मात्र भएको र यसको संख्या बढ्नेछ ।



‘हामीले सबैथोक गुमायौं। मेरा दुई छोराको भूकम्पमा खुट्टा भाँचियो । हाम्रो सबै सम्पत्ति नष्ट भयो,’ कुनारका बासिन्दा खयात खानले भने ।

‘हिजो राति भूकम्पमा मेरो परिवारका दुई सदस्यको मृत्यु भयो। हाम्रो घर पूर्ण रूपमा ध्वस्त भयो । हामीलाई आश्रय र आवश्यक सहयोग चाहिएको छ, प्रान्तका अर्का पीडित नेलातुल्लाहले भने ।

प्रभावित क्षेत्रमा उद्धार र राहतका कार्यक्रम जारी राखिएको छ ।
 



  • प्रकाशित मिति : १७ भदौ, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया