लाेकसेवाकाे विज्ञापन रद्द गर्न सरकारलाई निर्देशन

काठमाडौँ – लोकसेवा आयोगले स्थानीय तहका लागि मागेको कर्मचारी अवश्यकतासम्बन्धी विज्ञापन रद्द गर्न संसदीय समितिले सरकार र आयोगलाई निर्देशन दिएको छ ।

सोमबार बसेकाे संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र लोकसेवा आयोगलाई उक्त निर्देशन दिएको हो । 

समितिका अधिकांश सदस्यहरुले यो विज्ञापन संविधान विपरित र समावेशी नभएको भन्दै तत्काल खारेज गर्न माग गरेका थिए । तर संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भने संविधान अनुसार र स्थानीय तहको माग अनुसार नै लोकसेवा आयोगले विज्ञापन निकालेको दाबी गरेका थिए ।

लोकसेवा आयोगले केही दिनअघि नौ हजार कर्मचारीका लागि विज्ञापन गरेकाे थियाे । 


 

 






  • प्रकाशित मिति : जेठ २७, २०७६ साेमबार ११:१६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया