२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

सुडानको डार्फरमा भूस्खलन : एक हजारभन्दा बढीको मृत्यु

सुडानको पश्चिमी डार्फर क्षेत्रमा भएको ठूलो भूस्खलनले सम्पूर्ण पहाडी गाउँलाई समतल बनाएको र कम्तीमा एक हजार मानिसको मृत्यु भएको यस क्षेत्रलाई नियन्त्रण गर्ने विद्रोही समूहले जनाएको छ ।


सुडान लिबरेसन मुभमेन्ट/आर्मी (एसएलएम) ले आइतबार मार्रा पहाडको तारासिन गाउँमा भारी वर्षापछि यो प्रकोप आएको बताउँदै ‘प्रारम्भिक जानकारीले सबै गाउँवासीको मृत्यु भएको सङ्केत गर्दछ, केवल एक जना बाँचेका छन्’ भनेको छ ।



साइट्रस उत्पादनका लागि परिचित क्षेत्रको भूस्खलनले गाउँ पूर्णरूपमा नष्ट भएको र संयुक्त राष्ट्रसंघ तथा अन्य सहायता संस्थाहरूलाई मृतक उद्धारमा सहयोग गर्न अपिल गरिएको छ ।

सुडान सेना र अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) बीचको गृहयुद्धले देशलाई विश्वकै सबैभन्दा खराब मानवीय सङ्कटमा धकेलेको छ । एसएलएम प्रायः लडाइँबाट बाहिर रहन्छ तर डार्फरको केही पर्वत शृङ्खलामा यसको नियन्त्रण छ ।



डार्फरका सेना–गठबन्धन गभर्नर मिन्नी मिन्नावीले भूस्खलनलाई ‘क्षेत्रको सीमा नाघेको मानवीय त्रासदी’ भनेका छन । उनले अन्तर्राष्ट्रिय मानवीय संस्थालाई तत्काल हस्तक्षेप गर्न अपिल गर्दै भने, ‘यो त्रासदी हाम्रा जनताले एक्लै सहन सक्ने भन्दा ठूलो छ ।’ 

भोक सङ्कट

सन् २०२३ अप्रिलदेखि सुरु भएको सुडान सेना प्रमुख अब्देल फताह अल–बुरहान र आरएसएफ कमान्डर मोहम्मद हमदान डाग्लोबीचको शक्ति सङ्घर्षले देशको पूर्वाधार ध्वस्त पारेको छ । यस युद्धमा दशौँ हजारको ज्यान गएको र करिब ४० लाख मानिस विस्थापित भएका छन् ।



डार्फरको भूस्खलन क्षेत्रमा चलिरहेको लडाइँले अन्तर्राष्ट्रिय सहायता संस्थाहरूको पहुँच कठिन बनाएको छ, जसले तत्काल मानवीय सहयोग वितरणमा गम्भीर चुनौती खडा गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार हाल सुडानभित्र करिब एक करोड मानिस विस्थापित छन् । थप ४० लाख छिमेकी देशहरूमा पलायन भएका छन् ।  

  • प्रकाशित मिति : १७ भदौ, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया