विकास राष्ट्रको मूल एजेण्डा: प्रधानमन्त्री ओली

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले विकास राष्ट्रको मूल एजेण्डा भएको बताएका छन् ।  युरोपका तीन देशको भ्रमणको क्रममा आइतबार स्वीजरल्याण्ड पुगेका प्रधानमन्त्री ओलीले जेनेभास्थित नेपाली दूतावासद्वारा साँझ आयोजित कार्यक्रममा स्थानीय नेपाली समुदायलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले ट्विटरमा ओलीको भनाई उधृत गर्दे अवसरमा प्रधानमन्त्रीले विकासको मुद्दाबाट कोही उम्किन नपाउने र नेपाल र नेपालीलाई आर्थिक सामाजिक रुपान्तरण चाहिएको बताए । 

उनले स्वीजरल्याण्डमा भएको विकासले हामीलाई झक्झक्याउनुपर्ने जनाउँदै ८ मिलियनले यति विकास गर्न सक्छन् भने हामी २८ मिलियनले किन गर्न सक्दैनौं भनेर प्रश्न समेत गरेका थिए ।

उनले एक पल्टको नेपाली सदैव नेपाली हुने जनाउँदै गैरआवासीयहरूले राजनीतिक अधिकार एक ठाउँमा मात्र प्रयोग गर्नुपर्ने जनाए । उनले एउटा देश छान्नुपर्छ बाँकी सबै अधिकार गैर–आवासीय नेपालीहरूले पनि पाउने बताए ।  





  • प्रकाशित मिति : जेठ २७, २०७६ साेमबार ११:५६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया