Sat, 19 Oct, 2019


पश्चिम बंगलामा भाजपा र तृणमूलबीच झडप, ४ काे मृत्यु
फरकधार / जेठ २७, २०७६

दिल्ली – भारतको पश्चिम बंगाल राज्यको उत्तर २४ परगना जिल्लामा पर्ने नाजट क्षेत्रमा शनिबार राति भारतीय जनता पार्टी (भाजपा) र तृणमूल कंग्रेस (टिएमसी) कार्यकर्ताबीच झडप हुँदा चार जनाको मृत्यु भएको छ। झडपमा परी भारतीय जनता पार्टी (भाजपा) समर्थक तीन जना र तृणमूल कांग्रेस पार्टीका एकजना गरी चार जना काे मृत्यु भएकाे बताइएकाे छ । 



पश्चिम बंगालमा भएको सो घटनामा परी अन्य १८ जना घाइते पनि भएको प्रहरी अधिकारीले आइतबार जानकारी दिएका छन्। जसमध्ये तीन जना गम्भीर घाइते भएका छन्।

भाजपाकाे झण्डा र पाेस्टर टाँस्ने क्रममा झडप भएकाे बताइएकाे छ । 

हालै भएको लोकसभा निर्वाचनमा भाजपाले यस प्रदेशमा १८ स्थान जितेको थियो। भाजपाले सन् २०१४ मा भएको निर्वाचनमा दुई स्थान मात्र जितेको थियो। यस पटकको लोकसभा निर्वाचनमा भाजपाले देशभरी तीन सय तीन स्थानमा जित हासिल गरेको छ।

यसअघि सन् २०१४ को निर्वाचनमा भने दुई सय ८२ स्थानमा भाजपा विजयी भएको थियो। तृणमूल कंग्रेस पार्टी पनि पश्चिम बंगालमा शक्तिशाली मानिन्छ। तृणमूलकी नेत्री ममता बनर्जीको प्रभाव यस राज्यमा धेरै रहेको छ। 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्