२४ मंसिर, २०८२ बुधबार
Dec. 10, 2025

एनआईसी एसिया बैंकको माउन्टेन भिस्टा रिट्रिटमा ग्राहकलाई छुट सुविधा

एनआईसी एसिया बैंकले ग्राहकहरुलाई माउन्टेन भिस्टा रिट्रिटमा छुट सुविधा दिने भएको छ । विशेष छुट सुविधा उपलब्ध गराउने गरी होटल र बैंकबीच सम्झौता भएको छ । 
बैक र होटलवीच भएको समझारी अनुसार ग्राहकहरुले नगरकोटमा रहेको माउन्टेन भिस्टा रिट्रिटमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । 
सुविधाको उपयोग गर्ने ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नु पर्नेछ । होटलसँगको सहकार्यले ग्राहकहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै नगद रहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
 








  • प्रकाशित मिति : १८ भदौ, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया