नगरपालिकाका प्रशासकिय अधिकृतमाथि हातपात गर्ने महिला पक्राउ

 काठमाडौं – राैतहटकाे राजपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई महिलालाई नियन्त्रणमा लिएको छ ।

राजपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देललाई उनको कार्यकक्षमै हातपात गरेको आरोपमा गौर नगरपालिका–४, पुरेनवाकी अम्बिया खातुन र सोनापति साहलाई प्रहरीले पक्राउ गरेको हो ।

महिलाका लागि छुट्याएकाे रकमबारे साेधपुछ गर्न पुगेका महिलाले आफूमाथि हातपात गरेकाे सिग्देलकाे दाबी छ । 

प्रशासकीय अधिकृतको उजुरीपछि जिल्ला प्रहरी कार्यालयले दुई महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाे जानकारी दिएकाे छ । 





  • प्रकाशित मिति : जेठ २७, २०७६ साेमबार १२:५९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया