नेपालको पहिलो र एकमात्र भिट्रिफाइड टायल्स लेमिनार टायल्सले काठमाडौंमा आफ्नो विशेष डिलर शोरूम सञ्चालनमा ल्याएको छ। काठमाडौंको कलंकीस्थित टन्केश्वर टाइल एण्ड मार्बल हाउस प्रा.लि.लाई आधिकारिक डिलरको रूपमा नियुक्त गरी लेमिनार टायल्सले यो शोरूम उद्घाटन गरेको हो ।
बुधबार आयोजित औपचारिक समारोहमा टन्केश्वर टाइल एण्ड मार्बल हाउस प्रा.लि. का सञ्चालक प्रज्ज्वल अधिकारी र लेमिनार टायल्सका निर्देशकद्वय अभिनभ चुरिवाल र आशुतोश खेतानले संयुक्त रूपमा “एम्पोरियो” श्रेणीअन्तर्गतको डिलर शोरूमको उद्घाटन गरे।
उद्घाटन समारोहमा बोल्दै निर्देशक चुरिवालले लेमिनार टायल्सले देशभर १०० भन्दा बढी विशेष शोरूमहरू स्थापना गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताए । लेमिनार टायल्सका अर्का निर्देशक खेतानले लेमिनार भिट्रिफाइड टायल्स बलियो र टिकाउ रहेको, यसको लोड बियरिङ क्षमता र ब्रेकिङ स्ट्रेन्थ अरु टायल्स भन्दा बढी रहेको बताए ।

बर्दियाको गुलरियामा १२.५ बिगा क्षेत्रफलमा अवस्थित अत्याधुनिक युरोपेली प्रविधियुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्सको उत्पादन भइरहेको छ । कम्पनीले ५०० भन्दा बढी आकर्षक डिजाइनमा पाँच फरक आकारका टायल्स बजारमा उपलब्ध गराएको हो ।
यी टायल्सहरू पूर्ण भिट्रिफाइड भएकाले ९९.९२ प्रतिशतसम्म वाटरप्रुफ छन् । त्यस्तै उच्च गुणस्तरको कच्चा पदार्थ तथा उन्नत उत्पादन प्रक्रियाका कारण अन्य सेरामिक टायल्सको तुलनामा चार गुणा बढी टिकाउ भएको दाबी गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।