२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

सरकार र दुग्ध संघबीच सहमति : आन्दोलन स्थगित

बक्यौता भुक्तानीको माग गर्दै आन्दोलनरत दुग्ध उत्पादक किसानले सरकारसँगको सहमतिपछि आफ्नो आन्दोलन स्थगित गरेका छन् ।


बुधबार सरकार र आन्दोलनरत दुग्ध संघ/संस्थाबीच भएको वार्तामा कात्तिक मसान्तभित्र सम्पूर्ण बक्यौता चुक्ता गर्ने सहमति भएपछि आन्दोलनका कार्यक्रम रोकिएका हुन् । 



केही दिनयता डेरी संघ, केन्द्रीय दुग्ध सहकारी संघ, नेपाल डेरी एसोसिएसन लगायतका संस्थाहरूले किसानको अर्बौँ रुपैयाँ बक्यौता रकम तत्काल भुक्तानी गर्न माग गर्दै आन्दोलनमा उत्रिएका थिए ।

सहमतिअनुसार २०८२ असार मसान्तसम्मको बाँकी बक्यौता ५ असोजभित्र भुक्तानी गरिनेछ भने साउन महिनासम्मको बक्यौता ३० असोजभित्र चुक्ता गरिनेछ । भदौ महिनासम्मको बाँकी भुक्तानी कात्तिक मसान्तभित्र सम्पन्न गर्ने समझदारी भएको छ । 



थप सहमतिअनुसार दुग्ध उत्पादक सहकारी संघसंस्थाबाट लिइरहेको दूधको परिमाणमा कुनै कटौती नगरी निरन्तर संकलन गरिनेछ । साथै, सरकारले तोकेको किसानको दूधको न्यूनतम् खरिद मूल्य देशभरिका सबै उद्योगहरूमा अनिवार्यरूपमा लागू गरिने प्रतिबद्धता व्यक्त गरिएको छ । 



  • प्रकाशित मिति : १८ भदौ, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया