दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि दरखास्त आह्वान

काठमाडौं– दूरसञ्चार प्राधिरकणको अध्यक्षका लागि सरकारले दरखास्त आह्वान गरेको छ । आज एक सूचना जारी गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले योग्य र इच्छुक व्यक्तिले असार ९ गतेसम्म दरखास्त पेस गर्न आह्वान गरेको हो । 

अध्यक्षका लागि ३० वर्षदेखि ६५ वर्षका नेपालीले आवेदन दिन सक्नेछन् । आवेदकले दूरसञ्चार क्षेत्रसँग सम्बन्धित प्राविधिक, प्रशासनिक, बजार व्यवस्थापन, लेखा तथा लेखापरीक्षण वा कानुनी क्षेत्रमा मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा स्नातक गरी टेलिकम क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हासिल गरेको हुनुपर्छ ।

टेलिकमका अलावा सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, समिति, आयोग, प्रतिष्ठान वा सार्वजनिक कम्पनीमा राजपत्राकिंत प्रथम श्रेणी, दशौं तह वा सोभन्दा माथिल्लो पदमा काम गरेकाले पनि आवेदन दिन सक्नेछन् । 

उम्मेदवारले पेस गरेको व्यावसायिक कार्ययोजना, त्यसको प्रस्तुतीकरण र अन्तरवार्ता, शैक्षिक योग्यता र अनुभवको मूल्यांकन गरी नियुक्तिका लागि सिफारिस गरिने सूचनामा उल्लेख छ ।

दिगम्बर झाले राजीनामा दिएपछि पुसदेखि अध्यक्ष पद खाली छ । सरकारले पुरुषोत्तम खनाललाई प्राधिरकणको कार्यवाहक अध्यक्ष बनाएको छ ।





  • प्रकाशित मिति : जेठ २७, २०७६ साेमबार १३:३८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया