बल्ल दियो भारतले पुनर्निर्माणको दोस्रो किस्ता

काठमाडौं– भारतले नेपालको भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो किस्ताबापतको डेढ अर्बभन्दा बढी रकम उपलब्ध गराएको छ । सोमबार भारतले दास्रो किस्ताबापतको १ अर्ब ६० करोड रुपैयाँ नेपाललाई उपलब्ध गराएको हो ।

भारतीय राजदूत मञ्जीवसिंह पुरीले भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो किस्ताबापतको १ अर्ब ६० करोडको चेक अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गरे । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा राजदूत पुरीले सो रकमबराबरको चेक हस्तान्तरण गरेका हुन् । 

नेपालको निजी आवास पुनर्निर्माणका लागि यसअघि पहिलो किस्ताबापत दुई अर्ब १० करोड रुपैयाँ उपलब्ध गराइसकेको भारतले दोस्रो किस्ताबापत १ अर्ब ६० करोड रुपैयाँ उपलब्ध गराएको अर्थ मन्त्रालय स्रँेतले जानकारी दिएके छ । 

चेक हस्तान्तरण समारोहमा बोल्दै नेपालका लागि भारतका राजदूत पुरीले भूकम्पपछिको पुनर्निर्माणमा सहकार्य गर्न पाएकोमा भारत सरकार खुसी भएको बताए ।





  • प्रकाशित मिति : जेठ २७, २०७६ साेमबार १४:१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया