केही दिनदेखि निरन्तर नयाँ रेकर्ड बनाइरहेको सुनचाँदीको मूल्य आज स्थिर भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्यमा कुनै फेरबदल भएको छैन ।
बुधबार प्रतितोला दुई लाख ७ हजार ९०० कायम भएको सुनको मूल्य आज परिवर्तन भएको छैन । चाँदीको मूल्य पनि यथावत रहेको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदीको मूल्य प्रतितोला दुई हजार ४८० कायम भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।