२९ कात्तिक, २०८२ शनिबार
Nov. 15, 2025

अमेरिकाद्वारा नेपाली सेनालाई स्काई ट्रक हस्तान्तरण

वैदेशिक सहायता कार्यक्रम अन्तर्गत अमेरिकाले नेपाली सेनालाई स्काई ट्रक र एयर एम्बुलेन्स पूर्ण अनुदानमा सहयोग स्वरूप प्रदान गरेको छ । 


बिहीबार गौचरस्थित मध्य एयर वेशमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र रक्षा मन्त्री मानवीर राईको उपस्थितिमा आयोजित एक कार्यक्रमका बीच नेपालका लागि अमेरिकाका राजदूत डीन आर थम्पसनले प्रधान सेनापति अशोकराज सिग्देललाई उक्त स्काई ट्रकहरू हस्तान्तरण गरेका हुन् । 



अमेरिकी सेनाद्वारा प्रदान गरिएको उक्त स्काई ट्रकहरू सैनिक प्रयोजनलगायत विपद् व्यवस्थापन तथा विभिन्न आपतकालिन उद्धारका लागि प्रयोग हुने नेपाली सेनाले जानकारी गराएको छ । परराष्ट्र मन्त्री राणाले विपद् प्रतिकार्य तथा मानवीय सहायताका कार्यहरूमा नेपाली सेनाको क्षमता अभिवृद्धिमा गरेको सहयोगका लागि अमेरिकी सरकारलाई धन्यवाद समेत दिएकी छन् । 

सोही अवसरमा नेपालका लागि अमेरिकाका राजदूत डीनआर थम्पसनले हस्तान्तरण गरिएका दुईवटा स्काई ट्रकहरूले दुई देश बिच रहँदै आएको मैत्रीपूर्ण सम्बन्धमा महत्त्वपूर्ण आयाम थपिएको भन्दै निकट भविष्यमा सहयोग स्वरूप थप २ (दुई) वटा बेल हेलिकोप्टर प्रदान गर्ने योजना रहेको समेत बताए । 



कार्यक्रममा बलाधिकृत, अमेरिकी विदेशी सैन्य वित्तपोषण का प्रमुख उपनिर्देशक रथीबृन्द, परराष्ट्र तथा रक्षा मन्त्रालयका अधिकृत प्रतिनिधिहरूलगायत अमेरिकी राजदूतावासका सैनिक सहचारी तथा प्रतिनिधि र सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको थियो ।   



  • प्रकाशित मिति : १९ भदौ, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया