मधेस प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ ।
प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव विमलप्रसाद बरालद्वारा आज जारी सूचनामा शुक्रबार प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाइएको छ ।
मधेस प्रदेशको २२ चैत २०८१ को प्रकाशित राजपत्रमा उल्लेख रहेको थप बिदासम्बन्धी सूचनाअनुसार मोहम्मद जयन्तीका अवसरमा बिदा दिइएको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।