१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

विधान महाधिवेशनका प्रतिनिधिहरुलाई विद्यादेवीको भावुक सन्देश [पत्रसहित]

नेकपा एमालेकी पूर्वउपाध्यक्ष समेत रहेकी पूर्वउपराष्ट्रपति विद्यादेवी भण्डारीले आफूमाथि पार्टीले कुठाराघात गरेको गुनासो गरेकी छन् । 


आजबाट सुरु हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनका प्रतिनिधिहरुलाई पत्र लेख्दै भण्डारीले गुनासो पोखेकी छन् । 



उनले आफूलाई पार्टीले निर्णय गरेर राष्ट्रपति हुन पठाएको र आफूले निष्ठापूर्वक काम गरेर फर्किँदा काममा बन्देज लगाइएको भन्दै आफूले उठाउँदै गरेको आवाज आफ्नो लागि मात्र नभएको बताइन् । 

‘म अहिले एउटा यस्तो परिवेशमा उभिएको छु, मैले २०३७ सालमा प्राप्त गरेको पार्टी सदस्यता जो मेरो गहिरो आस्था र विश्वासको प्रतीक समेत हो, त्यसमा कुठाराघात गर्ने प्रयास गरिएको छ,’ उनले भनेकी छन्, ‘पार्टीले विशेष निर्णय गरेर देशको राष्ट्रपति हुन पठाएपछि कुशलतापूर्वक सो अभिभारा पूरा गरेर फर्किएँ र अब पार्टीमा नै संलग्न भएर अगाडि बढ्न चाहन्छु भन्दा पार्टी सदस्य हुनबाट रोक्ने प्रयास ज्यादै दुःखको विषय हो । यस्तो प्रश्न मेरा निम्ति मात्र होइन कुनै पनि पार्टी सदस्यले भोग्नु हुँदैन भन्ने मेरो अडान हो ।’



आफूले एकवर्ष अघि नै पार्टी सदस्यता नवीकरण गरेको बताउँदै त्यसपछि निरन्तर पार्टी कमिटीका बैठक बसेको र तर त्यसबेला केही नभनिएको अहिले आएर विवाद किन झिकियो ? भन्दै प्रश्न गरिन् । त्यसो त भण्डारीले एकवर्ष अघि नै पार्टी सदस्यता नवीकरण गरेको बताएकी थिइन् । तर जब ०८२ साल असार १४ गते उनले पार्टी राजनीतिमा सक्रिय हुने घोषणा गरिन् तब मात्रै सदस्यता नवीकरण नभएको भनिएको थियो । 

‘त्यसो त मैले पार्टी सदस्यता नवीकरण गरेपछि पनि पार्टीको सचिवालय, स्थायी समिति र केन्द्रीय कमिटीका बैठकहरू आयोजना भएका थिए, त्यसबखत मेरो सदस्यताको सवालमा कुनै प्रश्न गरिएन, तर अहिले किन यस्तो विवादको घेरामा पारियो ?,’ विधान महाधिवेशनका प्रतिनिधिहरुलाई पत्र पठाउँदै भण्डारीले प्रश्न गरेकी छन् । 
भण्डारीले आफ्नो निम्ति उठाइएको प्रश्न आफ्नो अघि गम्भीर रुपमा खडा भएर बसेको बताएकी छन् । साथै यो पत्र आफ्नो आत्मरक्षाका लागि नभइ पार्टीको उज्ज्वल भविष्यका लागि रहेको बताएकी छन् । 

‘आज मेरो सदस्यतामाथि उठाइएको प्रश्न मेरा निम्ति गम्भीर रूपमा खडा भएको छ । यो पत्र मेरो आत्मरक्षाका लागि होइन, बरु यो हाम्रो पार्टीको उज्ज्वल भविष्यका लागि हो,’ भण्डारीको भनाइ रहेको छ, ‘त्यसैले, तपाईंहरूले यस पत्रलाई आफ्नो अधिकारको रक्षा, पार्टीको सबलता, सुदृढ एवम् दिगो एकताको रूपमा बुझ्नुहुनेछ भन्ने गहिरो विश्वास लिएको छु ।’

यस्तो छ पत्र :




 

  • प्रकाशित मिति : २० भदौ, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया