२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

थाइल्याण्डको नयाँ प्रधानमन्त्रीमा अनुतिन चार्नविराकुल निर्वाचित

वरिष्ठ थाई राजनीतिज्ञ अनुतिन चार्नविराकुल शुक्रबार संसद्मा बहुमत मत प्राप्त गर्दै देशको नयाँ प्रधानमन्त्री बनेका छन् । टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारित अनौपचारिक परिणामअनुसार उनले आवश्यक २ सय ४७ भन्दा बढी मत हासिल गरेका हुन् ।


मतदानको आधिकारिक प्रमाणीकरणपछि राजा महा भाजिरालोङ्गकोर्नबाट औपचारिक नियुक्ति पाउने र केही दिनभित्रै उनले सरकार गठन गर्ने अपेक्षा गरिएको छ ।



अनुतिनले गत हप्ता अदालतको आदेशमा पदच्युत भएकी प्रधानमन्त्री पेटोङटार्न सिनावात्राको स्थान लिएका हुन् ।

पेटोङटार्नमाथि छिमेकी कम्बोडियाका सिनेट अध्यक्ष हुन सेनसँगको विवादास्पद फोनकलमार्फत नैतिकता उल्लङ्घन गरेको ठहर गरिएको थियो । यो विवादले जुलाईमा पाँच दिन लामो घातक सशस्त्र द्वन्द्वसमेत जन्माएको थियो ।



पेटोङटार्नकै मन्त्रीमण्डलमा मन्त्री रहेका अनुतिनले त्यसपछि राजीनामा दिएका थिए । फोनकल चुहावटपछि सार्वजनिक हल्ला मच्चिँदा राजनीतिक सङ्कट थप गहिरिएको थियो ।

सन् २०२३ को आमनिर्वाचनमा प्रधानमन्त्रीका लागि योग्य पाँच उम्मेदवारमध्ये अनुतिन पनि एक थिए । तर, हालसम्मको राजनीतिक उतारचढावले कार्यवाहक सरकारलाई कमजोर बनाएको थियो । 

फेउ थाई पार्टीले मङ्गलबार संसद् विघटन गर्ने प्रयास गरे पनि राजाको प्रिभी काउन्सिलले त्यसलाई अस्वीकार गरेको थियो ।

५८ वर्षीय अनुतिनले यसअघि फेउ थाई नेतृत्वको गठबन्धन सरकार र पूर्वप्रधानमन्त्री प्रयुथ चान–ओचा अन्तर्गतको सेना समर्थित सरकार दुवैमा सेवा गरिसकेका छन् । 



  • प्रकाशित मिति : २० भदौ, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया