२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

युद्धविरामपछि युक्रेनलाई समर्थन गर्न २६ राष्ट्रको गठबन्धन घोषणा गर्ने म्याक्रोँको वाचा

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले रुससँगको सम्भावित युद्धविरामपछि युक्रेनलाई समर्थन गर्ने उद्देश्यले २६ देशको गठबन्धन घोषणा गर्दै प्रस्तावित सुरक्षा प्रणालीमा भाग लिने वाचा गरेका छन् । 


सहभागी राष्ट्रहरूले स्थलगत, समुद्र, तथा आकाश लगायतका युक्रेनी क्षेत्र भित्र सेना तैनाथ गरेर सुरक्षा योगदान दिनसक्ने उनले बताएका छन् । 
 
युक्रेनी समर्थनको गठबन्धन बैठकपछि बोल्दै म्याक्रोँले गठबन्धनको उदेश्य बलपूर्वक रुससँग युद्धमा संलग्न हुनु नभई युक्रेनलाई सुरक्षा सुनिश्चितता प्रदान गर्नु भएको बताएका छन् । 



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भिडियोमार्फत् भएको कुराकानीपछि म्याक्रोँले वासिङ्टनले यस पहललाई समर्थन गरेको र आगामी दिनमा अमेरिकी संलग्नताको विवरण स्पष्ट हुने पुष्टि गरेका छन् । 

फ्रान्सेली राष्ट्रपतिले युक्रेनले कुनै पनि शान्ति वार्ताको क्रममा आफ्नो सेनाको आकार वा क्षमतामा कुनै असहजता सामना गर्नु नपर्ने सुरक्षा सनिश्चितता रहेको बताए । 



यदि मस्कोले शान्ति प्रक्रियामा संलग्न हुन अस्वीकार ग¥यो भने युरोपेली सङ्घले संयुक्त राज्य अमेरिकासँगको समन्वयमा रूसविरुद्ध नयाँ प्रतिबन्धहरू लगाउने तयारी गरिरहेको पनि उनले पुष्टि गरेका छन् । 

यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने राष्ट्रपति ट्रम्पले केही इयू देशहरूले  अझै रुसी तेल खरिद जारी राखेकोमा निराशा व्यक्त गरेका छन् । 



  • प्रकाशित मिति : २० भदौ, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया