पत्रकार महासंघले तेस्रो चरणको आन्दोलन गर्ने

काठमाडाैं– सरकारले संसद्मा दर्ता गरेको मिडिया काउन्सिल विधेयकको विरोधमा आन्दोलनमा उत्रिएको नेपाल पत्रकार महासंघले तेस्रो चरणको आन्दोलन गर्ने भएको छ । 

तेस्रो चरणको आन्दोलन घोषणाका लागि महासंघले जेठ २८ गते मंगलबार पत्रकार सम्मेलन गर्ने जानकारी गराएको छ । 

मंगलबार दिउँसो २ः३० बजे महासंघको सभाहल, सञ्चारग्राममा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।
 
महासंघले आन्दोलन घोषणको साथमा विभिन्न सरोकारवाला पक्षहरुसँगको अन्तर्क्रिया गर्न लागेको महासंघका सचिव प्रकाश थापाले जानकारी गराए । 

अन्तर्क्रिया कार्यक्रममा उपस्थित भएर समाचार संकलन गर्न महासंघले आमसञ्चार माध्यमलाई आह्वान गरेको छ ।





  • प्रकाशित मिति : जेठ २७, २०७६ साेमबार १६:५७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया