२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

जापानको अर्थतन्त्रमा सुधारको संकेत, घरेलु खर्च १.४ प्रतिशतले वृद्धि

जापानमा जुलाई महिनामा दुई वा सोभन्दा बढी सदस्य रहेको घरपरिवारको घरेलु खर्चमा १.४ प्रतिशतको वृद्धि भएको छ । यो वृद्धि पछिल्ला तीन महिनायता लगातार भएको वृद्धि हो, जुन उपभोग सुधारको सङ्केत मानिएको छ । 


जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार उक्त महिनामा यस्ता घरपरिवारले औसतरूपमा ३ लाख ५ हजार ६ सय ९४ येन (करिब २ हजार ६३ अमेरिकी डलर) खर्च गरेका थिए ।



सिजनअनुकूल समायोजनसहितको मासिक आधारमा हेर्दा जुलाईमा घरेलु खर्च १.७ प्रतिशतले बढेको देखिएको छ । 

मन्त्रालयका एक अधिकारीका अनुसार यो वृद्धि मुख्यतः बढ्दो विद्युत् महसुल र सवारी साधनसम्बन्धी खर्चका कारण भएको हो । तर, मूल्यवृद्धिका कारण खाद्य वस्तुहरूमा खर्च घटेको उल्लेख गरिएको छ ।



उनका अनुसार उपभोग सुधार देखिए पनि यो अझै सशक्त रुपमा देखिएको छैन ।

जापानको कुल गार्हस्थ उत्पादन (जीडीपी) को ५० प्रतिशतभन्दा बढी हिस्सा घरेलु खर्चबाट आउने भएकाले, घरेलु उपभोग आर्थिक सूचकको रूपमा अत्यन्त महत्वपूर्ण मानिन्छ ।  



  • प्रकाशित मिति : २० भदौ, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया