भ्रष्टाचारीले पनि ठेक्का पाउने गरी सच्याइयो नियमावली

काठमाडौं– सरकारले सार्वजनिक खरिद नियमावली गुपचुप रुपमा सच्याएको छ । सो नियमावली संशोधन गरेको २३ दिनमै यसलाई पुनः सच्याइएको हो । 

भ्रष्टाचारको मुद्दा लागेका ठेकेदारलाई मूल्यांकन प्रक्रियाबाटै पन्छाउने प्रावधान हटाउने गरी मन्त्रिपरिषदले नियमावली संशोधन गरेको स्रोतको दाबी छ । ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सन र पप्पु कन्स्ट्रक्सन नियमावलीको छैटौँ संशोधनपछि अघोषित रुपमा ‘निलम्बित’ थिए । 

उनीहरूले ठूला ठेक्कामा कब्जा गरी समयमा काम नसक्दा जनता सास्तीको भुंग्रोमा पिल्सिरहेका छन् । मूल्यांकनका क्रममा रहेका ठेक्कामा पनि उनीहरुले दाबी गर्न पाएका थिएनन् ।  

अहिले सरकारले नियमावलीमा सातौँ संशोधन गर्दै ‘चाहँदा मात्रै उनीहरुलाई ठेक्का नदिन सक्ने’ व्यवस्था गरेको स्रोतको दाबी छ । सातौँ संशोधनमा छैठौं संसशोधनले नियम १४५ को  ‘ख’मा थप गरेका सबै प्रावधान खारेज गरिएको छ ।

पूर्वमन्त्री विक्रम पाण्डेको कम्पनी कालिका र नेपालमा परामर्शदाता कम्पनीका रुपमा सबैभन्दा धेरै काम गरिरहेको ‘इआरएमसी’ लाई ठेक्का प्रक्रियामा सामेल हुन अब बाटो खुलेको छ । 





  • प्रकाशित मिति : जेठ २७, २०७६ साेमबार १७:१७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया