१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

प्रधान सेनापति सिग्देलद्वारा मध्य पृतना र बाहिनी अड्डाको निरीक्षण

प्रधान सेनापति अशोक राज सिग्देलले मकवानपुरस्थित मध्य पृतना हेडक्वार्टर र श्री नं. ७ बाहिनी अड्डाको निरिक्षण गरेका छन् । प्रधानसेनापति सिग्देलले २० भदौमा हेटौंडामा रहेको श्री मध्य पृतनाको निरीक्षण भ्रमण गरेका हुन्।


निरीक्षणको क्रममा पृतनाको जिम्मेवारी क्षेत्रमा पर्ने वस्तुस्थिति, सञ्चालन अवस्था र सैनिक तयारीबारे जानकारी लिँदै उनले आवश्यक निर्देशनसमेत दिएका थिए । त्यसक्रममा उनले त्यहाँ कार्यरत सकलदर्जासँग पनि संवाद गरेका थिए ।



यसैगरी २१ भदौमा सिग्देलले मकवानपुरको चनवनस्थित श्री नं. ७ वाहिनी अड्डाको समेत निरीक्षण भ्रमण गरेका छन् । निरीक्षणका क्रममा उनले बाहिनीको आन्तरिक प्रशासन, सुरक्षा अवस्था, जनशक्ति व्यवस्थापन र कार्यदक्षता सम्बन्धमा जानकारी लिएका छन् र सम्बन्धित अधिकारीहरूलाई निर्देशनसमेत दिएका छन् ।



 



  • प्रकाशित मिति : २१ भदौ, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया