२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

थाइल्याण्डले दुई वर्षमा गर्‍यो तेस्रो प्रधानमन्त्रीको नाम घोषणा

थाइल्याण्ड​ टाइकुन अनुतिन चार्नविराकुलले आइतबार प्रधानमन्त्रीको पदभार ग्रहण गरेका छन् । राजाको अनुमोदनसँगै उनी देशका नयाँ नेता बनेका हुन्  । यससँगै कन्जरभेटिभ कार्यकालको नयाँ चरण सुरु भएको छ ।


‘महामहिम राजाले अबदेखि अनुतिन चार्नविराकुललाई प्रधानमन्त्रीका रूपमा अनुमोदन गरेका छन्’, थाइल्यान्डको संसद्को तल्लो सदनका महासचिव अर्पथ सुखानुन्थले बैङ्ककस्थित अनुतिनको भुमजाइथाई पार्टीको मुख्यालयमा आयोजित समारोहमा शाही आदेश वाचन गर्दै घोषणा गरे । 



५८ वर्षीय अनुतिनले यसअघि उपप्रधानमन्त्री, गृह मन्त्री र स्वास्थ्य मन्त्रीका रूपमा सेवा गरिसकेका छन् । तर उनि विशेषगरी थाइल्यान्डमा सन् २०२२ मा भएको गाजा आपराधीकरण प्रक्रियाका प्रमुख योजनाकारका रूपमा चर्चित छन् ।

उनको दुई वर्षको अवधिमा देशका तेस्रो प्रधानमन्त्री बनेका हुन् । तर उनले गठबन्धनको समर्थन त्यतिबेला मात्रै प्राप्त गरेका छन् । जतिबेला उनले चार महिनाभित्र संसद् विघटन गरी नयाँ चुनाव गराउने सर्त स्वीकृत गरेका छन् । 



अनुतिनले लोकप्रिय सिनावात्रा परिवारको फेउ थाई पार्टीलाई सत्ताबाट हटाएका छन् । सो पार्टीले सन् २०२३ को चुनावदेखि नै कार्यकारी सत्तामा पकड जमाइरहेको थियो । तर यसको वंशानुगत नेत्री पेटोङटार्न सिनावात्रालाई गत महिना अदालतको आदेशमार्फत प्रधानमन्त्री पदबाट बर्खास्त गरिएको थियो ।



  • प्रकाशित मिति : २२ भदौ, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया