२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

युक्रेनमा रुसद्वारा युद्धकै सबैभन्दा ठूलो हवाई आक्रमण, किएभको मन्त्रिपरिषद् भवनमा आगलागी

रुसले आइतबार बिहान युक्रेनमा युद्धको सुरुदेखिको सबैभन्दा ठूलो हवाई आक्रमण सञ्चालन गरेको छ । यस आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने किएभस्थित युक्रेन सरकारको सिटमा आगलागी भएको अधिकारीहरूले जनाएका छन् ।


एएफपीका एक पत्रकारका अनुसार युक्रेनको मन्त्रिपरिषद् भवनको छतमा आगो लागेको थियो र राजधानीमाथि बाक्लो धुवाँ उडिरहेको देखिन्थ्यो । आपत्कालीन सेवाले ड्रोन आक्रमणका कारण किएभका धेरै अग्ला भवनहरूमा क्षति पुगेको पुष्टि गरेको छ ।



साढे तीन वर्षदेखि जारी युद्ध अन्त्य गर्ने प्रयासमा संयुक्त राज्य अमेरिकाले शान्ति सम्झौतामा मध्यस्थता गरे पनि रुसले कुनै लचकता देखाएको छैन । युरोपेली राष्ट्रहरूले भने हालै मात्र फ्रान्स र बेलायतको नेतृत्वमा शान्ति सम्झौता कार्यान्वयन गर्न गस्ती सेना तैनाथ गर्ने वाचा गरेका थिए, तर मस्कोले यसलाई अस्वीकार्य ठहर गरेको छ ।

युक्रेनको मन्त्रिपरिषद् परिसरमा भएको यो प्रहार युद्धको पहिलो यस्तो आक्रमण हो । घटनास्थलमा पुगेका एएफपीका पत्रकारले उद्धारकर्ताहरूले हेलिकप्टरमार्फत पानी खसाल्दै आगो नियन्त्रणमा लिने प्रयास गरेको देखेका थिए ।



‘शत्रुको आक्रमणका कारण भवनको छत र माथिल्लो तल्ला क्षतिग्रस्त भएको छ । उद्धारकर्ताहरूले आगो निभाइरहेका छन्’, प्रधानमन्त्री युलिया स्विरिडेन्कोले टेलिग्राममा लेखे, ‘हामी भवनहरू पुनर्निर्माण गर्नेछौँ तर गुमेको जीवन फर्काउन सक्दैनौँ । शत्रुहरूले हरेक दिन हाम्रो जनतालाई आतङ्कित पारिरहेका छन् ।’ युक्रेनी वायु सेनाका अनुसार रुसले शनिबार रातिदेखि आइतबार बिहानसम्म युक्रेनमा कम्तीमा आठ सय पाँच ड्रोन र १३ क्षेप्यास्त्र प्रहार गरेको थियो ।



  • प्रकाशित मिति : २२ भदौ, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया