२९ कात्तिक, २०८२ शनिबार
Nov. 15, 2025

सगरमाथा फ्रेन्डशिप काठमाडौंमा, नेपाल र चीनको जनमुक्ति सेनाबीच संयुक्त सैन्य अभ्यास जारी

नेपाली सेना र मित्रराष्ट्र चीनको जनमुक्ति सेनाबीच सञ्चालन हुँदै आइरहेको अभ्यास ‘सगरमाथा फ्रेन्डशिप–२०२५’ सुरु भएको छ । यो अभ्यासको पाँचौं संस्करण यही २२ भाद्रदेखि काठमाडौंमा शुभारम्भ भएको हो  ।


यही ३१ भाद्रसम्म सञ्चालन हुने उक्त अभ्यासमा विपद् व्यवस्थापन, संयुक्त राष्ट्र संघीय शान्ति मिसन, प्रतिआतंकवाद लगायतका विषयहरूमा ज्ञान आदान प्रदान हुनेछ ।



वि.सं. २०७४ सालबाट सुरु भएको उक्त अभ्यासको नेपाल तथा चीनमा प्रत्येक वर्ष आलोपालो गर्दै सञ्चालन हुँदै आइरहेको छ । 

नेपाली सेनाले विविध विषयहरूमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मित्रराष्ट्रहरूका सेनासँग द्विपक्षीय तथा वहुपक्षीय अभ्यास एवं पेसागत प्रतियोगिताहरूमा सहभागिता जनाउँदै आइरहेको छ । 





  • प्रकाशित मिति : २२ भदौ, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया