किसमिसकाे फाइबर र प्राेटिन स्वास्थ्यका लागि राम्राे

मोटालाई ज्यान घटाउन जति चिन्ता छ, दुब्लालाई ज्यान बनाउने उति नै रहर हुन्छ । तपाईं पनि निकै पातलो हुनुहुन्छ भने स्वस्थ रुपमा शरीरको वजन बढाउने उपायको खोजीमा पक्कै हुनुहुन्छ । यसका लागि एकदमै राम्रो आहार हो, किसमिस । 

किसमिसका स–साना दानामा हामीले सोचेभन्दा निकै धैरै पौष्टिक तत्व पाइन्छन् । यो पोषणको खजाना हो । किसमिसको सेवन स्वास्थ्यका लागि निकै लाभदायक छ । खासगरी, वजन बढाउन त यो औषधिको गोलीभन्दा कम छैन । 

किसमिस ‘हाई क्यालोरी फुड’ हो । चौथाइ कप किसमिसले झन्डै १०० क्यालोरी शक्ति दिन्छ । ज्यादा क्यालोरी हुने खाद्यवस्तुले शरीरको वजन बढाउन मद्दत त गर्ने नै भो । 

यसका अतिरिक्त, किसमिसमा उच्च मात्रामा फाइबर हुन्छ । यसले पाचन प्रक्रियालाई तन्दुरुस्त राख्छ, भोक जगाउँछ । भोक जाग्नु वजन बढाउने दिशामा महत्वपूर्ण उपलब्धि हो । 

किसमिसमा हुने फाइबर, प्रोटिन र मिनरल्सले शरीरमा बोसो जमाउने या पेट बढाउने नभई मांशपेशीको वृद्धिमा मद्दत गर्दछ । यसबाट तपाईंलाई मोटोपन बढाउनभन्दा पनि स्वस्थ ढंगको वजन वृद्धिमा सहयोग पुग्छ । 

राती सुत्नुअघि १०–१२ दाना मिसमिस पानीमा भिजाइदिनुस् । बिहान उठेर पहिले किसमिस भिजाएको पानी पिउनुस्, त्यसपछि किसमिसलाई राम्ररी चपाएर खानुस् । 



वजन बढाउन अतिरिक्त डाइट लिइरहनुभएको छ भने पनि तपाईं त्यसैमाथि ७–८ दाना किसमिस थप्न सक्नुहुन्छ ।



  • प्रकाशित मिति : जेठ २७, २०७६ साेमबार २३:७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया