सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेन–जीको प्रदर्शन तीव्र बनेपछि राष्ट्रिय सभा बैठक स्थगित भएको छ । संसद् सचिवालयका अनुसार बैठक २५ भदौसम्मका लागि सारिएको हो ।
प्रदर्शनका कारण नयाँबानेश्वर र आसपासको क्षेत्र पूर्णरूपमा अस्तव्यस्त बनेको छ । माइतीघर–तीनकुने जोड्ने मुख्य सडकदेखि भित्री मार्गसम्म प्रदर्शनकारीले भरिएका छन् ।
स्थिति नियन्त्रणमा लिन सकस भएपछि प्रशासनले संसद् भवन आसपास कर्फ्यु आदेश जारी गरेको छ । यद्यपि प्रदर्शनकारीले सडक छाडेका छैनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।