सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध सोमबार जेनजी पुस्ताले गरेको विरोध प्रदर्शनमा प्रहरीले गोली चलाउँदा मृत्यु हुनेको संख्या १५ जना पुगेको छ ।
ट्रमा सेन्टरमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएसँगै मृतकको संख्या १५ पुगेको हो । योसँगै ट्रमा अस्पतालमा मात्रै मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
त्यस्तै नयाँबानेश्वर स्थित सिभिल अस्पतालमा ३, सिनामंगलमा रहेको केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेस्ट अस्पतालमा ३ जना प्रदर्शनकारीको मृत्यु भएको स्रोतले जनाएको छ । मृतकहरुको पहिचान खुल्न भने बाँकी नै छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।