चीन किन बन्यो अमेरिकाको नम्बर एक दुश्मन ?

विश्लेषकले जे अनुमान लगाएका थिए, त्योभन्दा निकै तीव्र रफ्तारमा चिनियाँ सेना आधुनिकीकरण भएको छ ।

इन्टरनेसनल इन्स्टिच्युट अफ स्ट्राटेजिक स्टडिज (आईआईएसएस)का विशेषज्ञहरुले बताएका छन्, अब अमेरिका आफ्नो सेनाको तुलाना रुससँग गर्ने छैन, चीनसँग गर्ने छ । त्यो पनि सामुद्रिक र हवाइ सेनामा । यसको अर्थ हो चिनियाँ सेना अमेरिकी वायु सेना तथा नेभी फोर्सलाई टक्कर दिने अवस्थामा पुगिसकेको छ ।

अर्कोतिर स्थल सेनाको कुरा गर्ने हो भने अमेरिका अहिले पनि विश्वभर आफ्नो तुलना रुसको सेनासँग मात्र गर्छ ।

त्यसो हो भने पछिल्लो केही वर्षमा त्यस्तो के भएको छ जसले गर्दा चिनियाँ सेनाको कायाकल्प भइरहेको छ ? यसमा कुनै पनि शंका छैन, चिनियाँ सेना विश्वका शक्तिशाली सेनामध्ये एक हो । तर, चीनले आफ्नो खास प्रतिद्वन्द्वी रुसी सेनालाई मान्दै आएको थियो ।

त्यसो त सन् १९५९ मा विश्वभर सैन्य तयारीमा हुने खर्चमा निगरानी राखिरहेको आईआईएसएसका विशेषज्ञको मात्र यस्तो विचार होइन, अन्य विश्लेषकहरुले पनि पछिल्लो समय यही विषयमा सहमत जनाइसकेका छन् ।

विशेषज्ञहरुले पछिल्लो समय भन्न थालेका छन्– चिनियाँ सेनाको आधुनिकीकरण तथा प्राविधिक दक्षतासँग अरु कसैको पनि तुलना हुन सक्दैन ।



यसका प्रमाण हुन्, चिनियाँ सेनाका पछिल्ला उपलब्धि– लामो दूरीसम्म प्रहार गर्न सक्ने मिसाइलदेखि लिएर पाँचौ जेनेरेसनका लडाकू विमानसम्म ।

गत वर्षमात्र चीनले समुद्रमा आफ्नो क्षमता बढाएको अर्को एउटा उदाहरण पेश गर्याे– जङ्गी जहाज टाइप ५५ क्रुजर ।



केही महिनाअघि छापिएको आईआईएसएसको रिपोर्टमा लेखिएको छ, ‘चीनको वायुसेनालाई अब नयाँ जेटको विकास गर्न आवश्यक भएको छ ताकि चौथो पिढीको यो लडाकू विमानलाई पाँर्चा जेनरेसनको लडाकू विमान बनाउन सकियोस् ।

त्यो रिपोर्टमा थपिएको छ, ‘चीनको तरिका कसैसँग छिपेको छैन । उसले यो जेटलाई आफ्नो वायुसेनामा सामेल गर्न सक्छ, जसको क्षमता पश्चिमा देश बराबर हुन जान्छ ।’

अमेरिका तथा उसका सहयोगी राष्ट्र शीतयुद्ध पछि आफ्नो हवाइ क्षमता बढाउन जुटेका छन् । तर, यही समयमा उनीहरुले आफ्ना ठूला विमान गुमाएका पनि छन् ।

चीन भने आकाशबाट आकाशमा नै प्रहार गर्न सक्ने मिसाइलको विकास गरिरहेको छ ।

विशेषज्ञका अनुसार चीनले सन् २०२० सम्म यस्तो मिसाइलको तयार गरिसक्नेछ । यसका कारण अमेरिका र उसका सहयोगी आत्तिनु स्वाभाविक हो । अब उनीहरुलाई नयाँ प्रविधिको विकास गर्नु पर्ने हुन्छ जसले हावामा पनि आफ्नो प्रहार क्षमता बढाउन सकून् ।

तर, समुद्र र आकाशमा चिनियाँ सेना जुन रफ्तारका साथ अगाडि बढेको छ, जमिनमा उसको त्यही गति छैन । उसलाई स्थल सेनालाई बलियो बनाउन चाहिने आवश्यक हतियार पुगेको छैन ।

चीनले सेनाको यान्त्रिकीकरणका लागि सन् २०२० सम्मको लक्ष्य लिएको छ । यसलाई चीनले इन्फर्मेसन नाम दिएको छ । यसको चिनियाँ अर्थ के हुनसक्छ भन्ने अहिलेसम्म बाहिर आएको छैन । 

अब यो सैन्य क्षमताका साथ चीनको रणनीति स्पष्ट छ– यदि अमेरिकासँग युद्ध भयो भने सम्भव भएसम्म चीनले यसलाई आफ्नो सीमाभन्दा धेरै पर राख्ने छ । र, युद्धका लागि प्रशान्त महासागर चिनियाँ रोजाई हुनेछ ।

अर्थात्, सैन्य शब्दावलीमा भन्ने हो भने चीनले आफ्नो शत्रुलाई आफूभन्दा पर आफू झन् बलियो हुने स्थानमा सिमित गर्नेछ ।

तर, चीनको यही एकमात्र लक्ष्य हुने छैन । चीन विश्वलाई सैन्य सामग्री बेच्न चाहन्छ र यसमा अमेरिकालाई निकै पछाडि छोड्न चाहन्छ ।

र, यसको लक्ष्य स्पष्ट छ– चीन ती देशमा सैन्य प्रविधिको निर्यात गर्नेछ जुन अमेरिकासँग नजिक छैनन् । चीन आफ्ना ड्रोनलाई धेरैभन्दा धेरै देशमा बेच्न चाहिरहेको पनि छ ।

बिर्सनु हुँदैन, अमेरिकाले आफ्नो ड्रोन प्रविधि कुनै पनि देशलाई दिएको छैन । हो, नेटो राष्ट्र बेलायत र फ्रान्स यसमा अपवाद हुन् ।

  • प्रकाशित मिति : जेठ २८, २०७६ मंगलबार २:४६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया