२४ मंसिर, २०८२ बुधबार
Dec. 10, 2025

रुपन्देहीको बुटवल-भैरहवा क्षेत्रमा पनि कर्फ्यु आदेश

जेनजीको आन्दोलनलाई मध्यनजर गर्दै रुपन्देही जिल्ला प्रशासन कार्यालयले बुटवल–भैरहवा क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न आज(सोमबार)दिउँसो ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ ।


स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम रुपन्देही जिल्लाका बुटवलदेखि भैरहवा क्षेत्रसम्म आज अपरान्ह ४ बजेदेखि राति १० बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरिएको हो ।



जिल्ला प्रशासन कार्यालय, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले हस्ताक्षर गरेको सूचनामा उल्लेख अनुसार तोकिएको क्षेत्रभित्र आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ ।



त्यसैगरी, बुटवल–बेलहिया सडकखण्डको दायाँबायाँ एक सय मिटर क्षेत्रभित्र पनि कर्फ्यु लागू हुनेछ । प्रमुख जिल्ला अधिकारी पाण्डेले जारी गरेको आदेशमा तोकिएको क्षेत्रभित्र शान्ति सुरक्षा तथा जन सुरक्षालाई मध्यनजर गर्दै सो अवधि भित्र सर्वसाधारणलाई घर बाहिर ननिस्कन तथा कुनै पनि गतिविधि नगर्न आग्रह गरिएको छ । आदेशको उल्लंघन गरे कानुनी कारबाही हुने चेतावनी पनि दिइएको छ ।
 



  • प्रकाशित मिति : २३ भदौ, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया