जेनजी आन्दोलनमा सहभागी प्रदर्शनकारीहरूले सिंहदरबारको पश्चिम गेटमा आगजनी गरेका छन् । मंगलबार सिंहदरबार छिर्ने प्रयास गरेका उनीहरुलाई प्रहरीले रोकेको थियो । केही बेरमा उनीहरुले गेट अगाडि नै आगजनी गरेका हुन् ।

काठमाडौंको नयाँ बानेश्वर र माइतीघरमा जेनजीको प्रदर्शनमा सहभागी १९ जनाको मृत्यु भएपछि आन्दोलन झन् भड्किएको छ । जेनजीहरुले आज विभिन्न राजनीतिक दलका पार्टी कार्यालय ,नेताहरूको निजी घर तोडफोड गर्ने र आगजनी गर्ने काम गरिरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।